एक महिनामै ३ अर्ब ६५ करोडको भटमास र पाम निर्यात

जनपत्र
२२ भाद्र २०७८, मंगलवार ०७:३७

भारतले पाम आयल फुकुवा गरेपछि विराटनगर भन्सार नाकाबाट निर्यात सुरु भएको छ । साउनमा २ अर्ब ८३ करोड रुपैयाँको भटमासको तेल र ८२ करोड १६ लाख रुपैयाँको पाम आयल निर्यात भएको भन्सार अधिकृत अमित तिवारीले जानकारी दिए ।साउनमा ८२ करोड १६ लाखको ४३ लाख २३ हजार लिटर पाम आयल निर्यात भएको हो । भारतले पाम आयलमा एक वर्षअघि रोक लगाएर गत असारमा खुला गरेको थियो ।

जोगबनी नाकाबाट २०७५र७६ मा ४ अर्ब ५० करोड ३४ लाख रुपैयाँको ४१ हजार ३ सय ५७ टन पाम आयल भारत निर्यात भएको थियो । सोही आर्थिक वर्षको साउनमा २ अर्ब ८३ करोड ३८ लाख रुपैयाँको भटमास तेल निर्यात भएको छ । सोही महिनामा भने ८० करोड १० लाख मूल्यको ६० लाख ४३ हजार लिटर पाम तेलको कच्चा पदार्थ आयात भएको छ ।

चालु अर्थिक वर्षमा २ अर्ब ७४ करोड ६२ लाख रुपैयाँको १ करोड ७१ लाख ४० हजार लिटर भटमास तेलको कच्चा पदार्थ आयात भएको छ । पाम र भटमास तेलको कच्चा पदार्थ आयात गरेर प्रशोधित तेल निकासी हुन्छ । २०७५र७६ मा १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ र आर्थिक वर्ष २०७६र७७ मा ४ अर्ब २६ करोड ६३ लाख रुपैयाँको भटमास तेल निर्यात भएको तथ्यांक छ । २०७७र७८ मा १५ अर्ब ६७ करोड ३१ लाखको तेल निर्यात भएको थियो । नेपालका उद्योगीले साफ्टा सम्झौताअन्तर्गत शून्य प्रतिशत भन्सार महसुलमा सूर्यमुखी, भटमास र पाम तेल निर्यात गरिरहेका छन् । ईकान्तिपुरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*