हेटौंडाको बजार क्षेत्रको मुख्यराजमार्ग क्षेत्रमा १६ मिटर मात्र सडक विस्तार गर्न दिने त्यस भन्दा बढी भत्काएमा मुआब्जा दिनुपर्ने माग
हेटौंडा । पूर्वपस्चिम राजमार्ग र त्रिभुवनराजपथ अन्तरगतको हेटौंडा बजार क्षेत्रमा मुलसडकको दायाँ बाँया १६ मिटर सडक विस्तार गर्न आफुहरु तयार रहेको यहाँका घरधनी र व्यावसायीहरुले वताएका छन् । हेटौंडा बसोबास संरक्षण मूल समितिले आज पत्रकार सम्मेलन गर्दै २५ मिटर सडक विस्तार गर्दा आफुहरुलाई मुहाव्जा दिनुपर्ने माग गरेका हुन् । समितिका संयोजक कृष्ण कटुवालले हेटौंडा बजारभित्र १६ मिटर बिना मुआब्जा र त्यसभन्दा बढी मिटरभए उचित मुआब्जा पाउनुपर्ने बताउनुभयो ।
हेटौंडा उपमहानगरले हेटौंडाको सडक विस्तारको विषयमा कुरा उठाएपनि भत्काउने अधिकार उसंग नभएको वताउनुभयो । प्रदेश र स्थानीय सरकारलाई राजमार्गको विषयमा अधिकार नभएकाले यसको विषयमा आम जनमासमा भ्रम मात्र सृजना भएको अध्यक्ष कटुवालले वताउनुभयो । आफुहरु विकास विरोधी नभई लामो समयदेखी बसोबास गर्दै आइरहेकोले आफ्नो घर जग्गा अरुले भत्काउने अधिकार नभएको वताउनुभयो ।
सर्वोच्च अदालतमा रहेको मुद्दा विचाराधिनमा रहेको अवस्थामा सडक फराकिलो गर्नु भन्नु कत्तिको जायज हो उहाँले प्रश्न गर्नु भएको छ । कटुवालले सर्वोच्च अदालतमा रहेको मुद्दाले भत्काउन आदेश दियो भने हामी आफैं भत्काउनेछौं, उचित मुआब्जा दिए २५ मिटर सडक विस्तार गर्न आवश्यक छ सोही अनुरुप भत्काउन दिइने बताउनुभयो। सडक डिभिजनले सुचना जारी गरे पश्चात घरभत्काउन थालेपछि २५० भन्दा बढी नागरिकले सर्वोच्चमा मुद्दा हालेको मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठले बताउनुभयो । पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष केशव श्रेष्ठ, उत्तमशर्मा ढकाल, घरधनी ज्योतीरत्न बज्रचार्य, केदार न्यौपाने, विजेन्द्र अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।