उच्च अदालत पाटन, हेटौंडा इजलासबाट गत वर्ष ८२६ थान मुद्धा फछर्यौट

जनपत्र
३२ श्रावण २०७८, सोमबार १७:३२

हेटौैंडाः उच्च अदालत पाटन, हेटौंडा इजलासले गत आर्थिक बर्ष २०७७/७८ मा लक्ष्यको ८७.९६ प्रतिशत मुद्धाको फछर्यौट गरेको छ । अदालतले गत वर्षमा ९ सय ३९ मुद्धाको फछर्यौट गर्ने लक्ष्य लिएकोमा ८ सय २६ मुद्दा फछर्यौट गर्न सकेको अदालतको सुचना अधिकारी केशवराज कौशिकले बताउनुभयो ।

सोमबार उच्च अदालत पाटन हेटौंडा इजलाशमा पत्रकार सम्मेलनको आयोजना गरेर अदालतले गत वर्षको लक्ष्य र प्रगति विवरण सार्वजनिक गरेको थियो । अदालतले ६ सय १९ मुद्धाको फछर्यौट गर्न गत वर्षमा सकेन् ।

आर्थिक वर्ष ७७/७८ मा अघिल्लो वर्षबाट ४०८ थान मुद्धाको जिम्मेवारी सरेर आएको थियो । यस्तै गत वर्षमा १ हजार ३७ थान नयाँ मुद्धा दर्ता भएको थियो । गत वर्षमा १४ सय ४५ मुद्धाको लगत भएकोमा ८ सय २६ मात्र फछ्र्यौट भएको हो । यस्तै उच्च अदालत पाटन हेटौंडा इजलासले चालू वर्षमा ११ सय ४९ नयाँ मुद्धा दर्ता हुने अनुमान गरेको छ ।

यो वर्षको लागि गत वर्षबाट ६ सय १९ थान मुद्धाको जिम्मेवारी सरेर आएको छ । चालू वर्षमा ११ सय ९४ थान मुद्धा फछर्यौट गर्ने लक्ष्य लिएको अदालतका सुचना अधिकारी केशवराज कौशिकले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा उच्च अदालत पाटन, हेटौंडाका मुख्य न्यायाधीस मोहम्मद साविर हुसेन, उप–रजिष्ट्रार कैलाश भट्टराई लगायतको उपस्थिती रहेको थियो । समृद्धसमाजबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*