हेटौंडामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि
![](https://www.janapatra.com/wp-content/uploads/2020/06/hetauda.jpg)
हेटौंडा । आज हेटौंडामा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ जना महिला र १४ जना पुरुषमा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । आइतबार आएको २ सय २८ जनाको रिपोर्टमा २७ जनाको पोजेटिभ रिपोर्ट आएको हो । पुष्टि हुने सबै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।