बायर्नले म्युनिखले उचाल्यो यस सिजनको बुण्डेसा लिगाको ट्रफी

जनपत्र
१४ असार २०७७, आईतवार ०६:००

यस सिजनको जर्मन बुन्डेसलिगाको अन्तिम खेलमा च्याम्पियन बायर्न म्युनिखले १० खेलाडीमा सिमित वोल्फ्सबर्गलाई ४(० गोलले पराजित गरेको छ । बायर्नलाई सहज जित दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गर्न सफल भएका थिए । बायर्नका लागि खेलको चौंथो मिनेटमा कोम्यान गोल गर्दै अग्रता दिलाए । खेलको ३७ औं मिनेटमा माइकल बायर्नका लागि दोस्रो गोल गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बायर्न दोस्रो हाफमा पनि उत्तिकै प्रभाव जमाउन सफल रह्यो । बायर्नका लागि खेलको ७१ औं मिनेटमा जोसुवाले रातो कार्ड खाएपछि बोल्फ्सबर्गलाई नमिठो झट्का लागेको थियो । उनले बायर्नका माइकलविरुद्ध फल गरेका थिए । रेफ्रीले रातो कार्ड देखाएपछि वोल्फ्सबर्ग १० जना खेलाडीमा सिमित भएको थियो भने बायर्नले पेनाल्टीको मौका पाएको थियो जसलाई लेवान्डोस्कीले सदुपयोग गरे । उनको यो सिजनको ३४ औं गोल रह्यो ।

बायर्नका लागि खेलको ७९ औं मिनेटमा मुलरले गोल गरे । वोल्फ्सबर्गविरुद्ध सानदार जित हात पारेको बायर्न यस सिजनको ट्रफी उचालेको छ । बायर्नको यो ३० औं बुन्डेसलिगा उपाधि हो । यस सिजन बायर्नले ३४ खेलमा ८२ अंक जोड्दै उपाधि उचालेको छ । वोल्फ्सबर्ग ४९ अंक जोडेर सातौं स्थानमा रह्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*