बागमती प्रदेशस्तरीय पावरलिफ्टिङको तयारी

ललितपुर जिल्ला पावरलिफ्टिङ सङ्घको आयोजना वैशाख ५ र ६ गते बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिातमा देशका एक सय ५० चर्चित खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । नेपाल पावरलिफ्टिङ सङ्घको सहकार्यमा हुने प्रतियोगिाताका खेलहरु दशरथ रङ्गशालाको कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा पुरुषमा पाँच र महिलामा चार, मास्टर्स पुरुष ५० वर्षमाथि र महिला४० वर्षमाथि तथा जुनियर १८ वर्ष मुनि र २३ वर्षमुनि स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौल समूहको पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमश: २०, १५ र १० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।
मास्टर्स र उमेर समूहमा शीर्ष तीनमा रहनेलाई क्रमश: ३०, १५ र १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पुरुष र महिला खुला उपाधि विजेतालाई जनही एक लाख रुपियाँ प्रदान गरिनेछ ।