मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–५ नलिबन बस्ने ३२ वर्षिय राज कुमार पाख्रिन लडेर मृत्यु भएको हो ।
थाहा नगरपालिका वडा नम्बर–८ दामगढी स्थित माईला ससुरा अमर बहादुर थिङको छोरीको बिवाहको भोज खाई फर्कदै गर्दा थाहा ७ भट्टीडाँडा स्थित पार्वती गोलेको खाजाघरमा चुरोट किनी सोही खाजाघर पछाडी पिसाव गर्न गएको अबस्थामा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको शब पोष्टमार्टमको लागी हेटौडा अस्पताल ल्याइएको छ ।