बागमती गोल्डकप : संकटालाई हराउँदै एपीएफ सेमिफाइनलमा

जनपत्र
८ फाल्गुन २०८१, बिहीबार ०७:४२

हेटौँडा। विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ सातौँ  बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मकवानपुरका बागमती गाउँपालिका–४ स्थित सहिद स्मृति रंगशालामा बुधबारभएको तेस्रो क्वार्टरफाइनल खेलमा १–० गोलले हराउँदै एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

एपीएफको जीतका लागि सुपर सब खेलाडी सुजन कुमार पुलामीले ८३औँ मिनेटमा निर्णायक गोल गर्नुभएको थियो । पुलामी खेलको ८१औँ मिनेटमा अनिष महर्जनको स्थानमा मैदान प्रवेश गर्नुभएको हो ।

खेलको म्यान अफ दी  म्याच एपीएफका मणिकुमार लामा घोषित हुँदै १० हजार रुपियाँ प्राप्त गर्नुभयो । यसअघि एपीएफ भरतपुर एफसीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने संकटा भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको हो ।

यही फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपियाँसहित शिल्ड प्रदान गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*