हेटौंडामा राष्ट्रिय निर्माण महोत्सव सुरु

जनपत्र
६ फाल्गुन २०८१, मंगलवार १७:०४

हेटौँडा। निर्माण व्यवसायी सङ्घ मकवानपुरले हेटौँडामा आयोजना गरेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१ सुरु भएको छ। महोत्सवको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मङ्गलबार हेटौँडामा आयोजित एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।

निर्माण उद्योगको प्रवर्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त महोत्सवमा निर्माण उद्योगसँगै औद्योगिक, पर्यटन, कृषि, हस्तकलालगायत स्थानीय उत्पादनका तीन सयभन्दा बढी स्टल छन् ।

हेटौँडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा सुरुभएको महोत्सवमा निर्माण उपकरण, निर्माण सामग्री, सूचना प्रविधि, कपडा, विभिन्न खानाका परिकार, हस्तकला लगायत उत्पादनको बिक्री तथा प्रदर्शनीका लागि राखिएको छ ।

आयोजक संस्था निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका अध्यक्ष बाल गोपाल कँडेलले महोत्सवले क्रेता र बिक्रेताबिच प्रत्यक्ष सम्पर्क, छलफल र विचारको आदानप्रदान हुने बताउँदै मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुतिसमेत हुने बताउनुभयो । महोत्सवमा गायन क्षेत्रका नयाँ प्रतिभाहरुको खोजीको क्रममा हेटौँडा आइडलसमेत हुनेभएको छ । महोत्सव यही फागुन १८ गतेसम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*