भीमफेदीमा एमालेको धमाधम जरा केन्द्रित अभियान

जनपत्र
३० माघ २०८१, बुधबार १५:४४

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा नेकपा (एमाले) को जरा केन्द्रित अभियान सञ्चालन भईरहहेको छ । एमाले भीमफेदीका उपसचिव आशिष अस्लामीले बताए अनुसार अहिले भीमफेदीमा धमाधम टोल भेलाहरु आयोजना भई रहेको छ । यस भेला मार्र्फत एमालेले ‘सुखी नेपानी, समृद्ध नेपाल’को आकंक्षा पुरा गर्नका लागि ८४ सालमा एमाले नेतृत्वको आवश्यक्ता जनतालाई बताईरहेको छ ।

एमाले भीमफेदीले पालिका कमिटीको बैठक बसालेर तीन महिने जरा केन्द्रित अभियानको कार्य योजना बनाई वडा कमिटीहरुको बैठक राख्ने, टोल भेलाहरु राख्ने र टोल कमिटीहरुमा एक तिहाई युवाई समेटेर कमिटी गठन तथा पुनः गठन गर्ने, सामाजिक सञ्जालमा पार्टीले गरेका कामको प्रचार गर्ने, जनताका घर आँगनमा पुगेर गुनासा तथा सुझाव सुन्ने, पार्टी छाडेर अन्यत्र लागेकाहरुका लागि घर फर्क अभियान लगायतका महत्वपुर्ण कार्यहरु गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*