बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि मन्त्री श्रेष्ठलाई

जनपत्र
२९ माघ २०८१, मंगलवार २०:०६

हेटौंडा । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदेशका कृषि तथा पशुपन्छी बिकास मन्त्री प्रकाश श्रेष्ठले पाएका छन् ।

प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार उनलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री लामा युनाइटेड अरब इमिरेट्स दुबई जाने भएपछि कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयले जनाएको छ ।

कृषि मन्त्री श्रेष्ठले ३० माघदेखि मुख्यमन्त्री लामा नफर्किउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।
मुख्यमन्त्री लामा दुबईमा आयोजना हुने वर्ल्ड गभर्मेन्ट समिट २०२५ मा सहभागी हुन ३० माघमा त्यसतर्फ प्रस्थान गर्दै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*