भुकम्पलाई रोक्न सकिन्न तर सुरक्षित संरचना निर्माण गर्न बागमती प्रदेश प्रमुखको आग्रह

जनपत्र
२ माघ २०८१, बुधबार ०७:१३

मकवानपुर । २७ औं राष्ट्रिय  भुकम्प सुरक्षा दिवस २०८१ को सन्दर्भमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सन्देश व्यक्त गर्नु भएको छ ।
‘भुकम्पीय सचेतनामा वृद्धिको लागी उहाँले शुभकामना व्यक्त गर्नु भएको छ । वि स १९९० साल माघ २ गतेको विनाशकारी भुकम्पको सम्झना गर्दै सचेतना प्रवाह गर्ने अभिप्रायले भुकम्पीय सुरक्षा दिवस मनाउँदै आइएको छ । यसै सन्दर्भमा देवकोटाले सचेतना अभिवृद्धीका लागि सन्देश वक्तव्य प्रकाशन गर्नु भएको हो ।

भुकम्पी सुरक्षा तथा सचेतना बढाउन हरेक वर्ष माघ २ लाई भुकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ । यस दिन विभिन्‍न चेतना र सावधानीमुलक कार्यक्रमसहित मनाइन्छ । यो वर्षको भुकम्प सुरक्षा दिवस भुकम्पले सिकाएको पाठः बलिया संरचना र सुदृढ पुर्वतयारीका साथू नाराका साथ मनाइदै छ ।

भुकम्प प्राकृतिक प्रकोप हो, यसलाई रोक्न सकिन्न तर सुरक्षित संरचना, सावधानि, पुर्वतयारीका उपायहरु अपनाएर यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।

‘भुकम्पलाई क्षतिको कारण मान्‍नुभन्दा हामी बलिया, सुरक्षित संरचना,  पुर्वसावधानी र भुकम्प गइहालेमा गर्नुपर्ने प्रतिकार्यमा उचित ध्यान दिएर सुरक्षात्मक स्थितिमा रहनुपर्दछ‘ सन्देशमा भनिएको छ स् ‘नेपाल भुकम्पीय जोखिम क्षेत्रमा रहेको कारणले पनि हामी धेरै सचेत हुनु जरुरी छ ।’

वि स २०७२ को बिनाशकारी भुकम्पपछि धेरै पराकम्प र अरु थुप्रै भुकम्पहरुले तर्साइरहेको सन्दर्भमा यसबाट आत्तिनुभन्दा सुरक्षात्मक उपायहरू अपनाउन पर्ने उहाँले सन्देशमा बताउनु भएको छ । राज्यका सम्पुर्ण निकाय समेत् पुर्वतयारीका साथ रहनुपर्ने उहाँले सझाव दिनु भएको छ ।
प्रदेश प्रमुख देवकोटाले इतिहासको विभिन्‍न कालखण्डमा गएका भुकम्पमा परी ज्यान गुमाउने ज्ञात अज्ञात व्यक्तिहरुप्रती श्रद्धाञ्‍जली समेत अर्पण गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*