मकवानपुर उद्योग बाणिज्यसंघको निर्वाचन आज, कसको होला पल्लाभारी ?

जनपत्र
२७ पुष २०८१, शनिबार ०७:२०

हेटौंडा । मकवानपुर उद्योग बाणिज्यसंघको निर्वाचन आज हुँदै छ । निर्वाचनमा दुइ वटा प्यानलका बिचमा तिब्र प्रतिस्पर्धा हुँदै छ । यो निर्वाचन कसले जित्ला भनेर आकलन गर्नेहरु पनि त्यतीकै रहेका छन् ।

मकवानपुरका व्यावसायीहरुको छाता संगठन मकवानपुर उद्योग बाणिज्यसंघको यो निर्वाचनले तीन वर्षको लागि कार्यसमिति चयन गर्ने छ । निर्वाचनमा उम्मेदवारी दिएका मध्यमा केही निर्वीरोध निर्वाचित पनि भएका छन् ।

धेरै पदमा भने आज निर्वाचन हुँदै छ । यो निर्वाचनमा नेपाली कांग्रशबाटनै अध्यक्ष पदमा दुइ जना प्रतिस्पर्धामा उत्रिएका छन् । उनीहरुका बिचमा कसले चुनाब जित्छ भनेर अहिलेनै भन्न सकिने अवस्था छैन ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि दुईजनाले मनोनयन दर्ता गराएका छन्। जसमा अनिल अग्रवाल र प्रमोद सिंह रानाभाटबीच अध्यक्ष पदमा चुनाव हुँदैछ भने अन्य पदाधिकारी तथा सदस्यहरू समेत मतदान प्रक्रियाबाट चुनिनेछन्। ७ जना भने सर्वसम्मत् निर्वाचित भैसकेका छन्।

त्यसोत, मउवा संघको ५८ औं अधिवेशनले मकवानपुर व्यवसायीलाई मात्रै तताएको छैन, समग्र मकवानपुरको राजनीतिलाई समेत गर्मीत् बनाएको छ। मउवा संघको नेतृत्वका लागि नेपाली कांग्रेस निकटका दुई अध्यक्षका उम्मेदवारको उम्मेदवारीका कारण मकवानपुर गर्माएको हो।

अनिल अग्रवाललाई कांग्रेस बागमती प्रदेशका सभापति तथा बागमती प्रदेश सांसद इन्द्रबहादुर बानियाँको साथ छ भने प्रमोदसिंह रानाभाटलाई कांग्रेस सहमहामन्त्री डिना उपाध्याय तथा डिना प्यानलकै कांग्रेस नेता आनन्दराम पराजुलीको साथ छ।

मकवानपुर कांग्रेसमा उपाध्याय र बानियाँ दुई खेमामा विभाजन भएका छन्। जसकारण पनि मउवा संघको निर्वाचनलाई कांग्रेस भित्रको शक्ति प्रदर्शनको रुपमा समेत व्यवसायीहरूले व्याख्या गर्दै आएका छन्।

सामान्यतया मउवा संघका तत्कालीन वरिष्ठ उपाध्यक्ष अग्रवालकै अध्यक्ष बन्ने पालो हो। वरिष्ठताको आधारमा अग्रवालको अध्यक्ष पदमा उम्मेदवारी जायज रहेको उनको दाबी छ।

यता, सोही कार्यकालमा उपाध्यक्ष पदमा रहेर काम गरेका रानाभाट आफूले तीन वर्षअघि नै अर्को अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन्छु भन्ने घोषणा नै गरेको बताउँदै आएका छन्।

हुनत यी दुई अध्यक्षका उम्मेदवारबीच सहमती गराउन नखोजिएको भने होइन। कांग्रेस नेता बानियाँले आफ्नो घरमै दुवैलाई बोलाएर मिलेर जान अनुरोध गरेको चर्चा छ। यद्यपि, दुवैजनाले एक अर्कालाई स्वीकार्न नसकेपछि चुनावी मैदानमा उत्रने वातावरण बनेको बताइएको छ।

यद्यपी, आकांक्षीबीच सहमतीको वातावरण नबन्दा निर्वाचन हुनु ठूलो कुरा होइन। तर वरिष्ठताको आधारमा अध्यक्ष पदमा उठेका उम्मेदवारलाई वहालवाला अध्यक्ष देखि पूर्व अध्यक्षहरूले समेत साथ छाड्नु गलत भएको अग्रवाल प्यानलको गुनासो छ।

एक पूर्वअध्यक्ष राजकुमार न्यौपाने बाहेक सबैले रानाभाट प्यानललाई सघाएको भन्दै अग्रवाल असन्तुष्ट देखिएका हुन्। अग्रवाल प्यानलको घोषणा तथा चुनावी एजेण्डा प्रस्तुत गर्ने साँझमा पूर्वअध्यक्ष राजकुमार न्यौपाने र भुवनलाल श्रेष्ठ बाहेक अन्यको उपस्थिती देखिएन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*