मकवानपुरमा जंगली च्याउ खाँदा एक हप्तामा ३ जनाको मृत्यु, १६ जना बिरामी

जनपत्र
१२ असार २०८१, मंगलवार ०९:४८

हेटौंडा । मकवानपुरमा जंगली च्याउ खाँदा एक हप्तामा ३ जनाको मृत्यु भएको छ । अरु १६ जना बिरामी परेका छन् ।

अहिले जंगलमा उम्रिएका च्याउ घरमा ल्याएर पकाएर खाने चलन छ । तर, कुन च्याउ खान हुने र कुन् च्याउ खान नहुने भनेर छुट्याउन नसक्दा मकवानपुरमा मृत्यु हुने र बिरामी हुनेहरु बढ्न थालेका हुन् ।

वर्षायाममा जंगलमा च्याउ उम्रने गरेको छ । त्यही च्याउ ल्याएर पकाएर खाँदा करिब एक हप्ताको अवधिमा ३ जनाको मृत्यु भएको र अरु १६ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।

मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, हेटौंडासंगै जोडिएको मकवानपुरगढी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेकाहरु मध्य ३ जनाको मृत्यु भएको हो । च्याउ खाएर सामान्य बिरामी परेकाहरु ८ जना र ८ जनाको भरतपुर सरकारी अस्पताल उपचार हुदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*