माओवादीको नाममा पूर्वी तराईमा चन्दा आतंक मच्चाउने २ जना पक्राउ
![](https://www.janapatra.com/wp-content/uploads/2024/02/arrested-900px.jpg)
विराटनगर । धम्की दिएर चन्दा असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनको नाममा चन्दा आतंक मच्चाउने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मंगलबार इलाम माम्सेबुङ १ गजुरमुखी घरभई काठमाडौँ भिमसेनगोला बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका- १ का ३० वर्षीय विपिन अधिकारीलाई पक्राउ परेको प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेलले जानकारी दिए ।
उनका अनुसार यो समूहले पछिल्लो केही समय यता नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा शैक्षिक संस्थाहरुमा चन्दा आतंक मच्याइरहेको थियो । बुधबार विराटनगर महानगरपालिका- ३ मा नेपाली सेनाले डिस्पोज गरेको शंकास्पद वस्तु पनि दुई व्यक्तिले राखेको खुलेको उनले बताए ।