स्थानीय तहसंगको समन्वय बैठक गर्दै मुख्यमन्त्री कार्यालय
हेटौंडा । प्रदेश नम्बर ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले केही स्थानीय तहहरु संगको समन्वय बैठक गर्ने तयारी गरेको छ । स्थानीय तहले गर्ने राजस्व संकलन र राजस्व बाँडफाडका बिषयमा छलफल गर्ने उदेस्यले बैठक राख्ने तयारी गरिएको हो । यही साउन महिना भित्रमा प्रदेशका सबै जिल्ला समन्वय समितिका प्रमुख, गाउँपालिका र नगरपालिका संघका अध्यक्ष केही महानगरपालिकाका प्रमुख समेतको सहभागितामा बैठक गर्न लागिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
प्रदेश सरकारलेसंकलन गरेको राजस्व बाँडफाड र स्थानीय तहले संकलन गरेको राजस्व रमम बाँडफाँडका बिषयमा छलफल गर्ने र अहिले दुबै सरकारलाई परेका समस्याहरु समाधान गर्ने उदेस्यले बैठक गर्ने तयारी गरिएको मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले बताएका छन् । साउन महिनाको अन्तिम साता बैठक गरेर दुबै सरकारले गर्ने राजस्व संकलनमा बृद्धी गर्ने तयारी पनि गरिएको छ ।