चाइनिज धान लगाउने भक्तपुरका किसानहरु यस वर्ष ठगिए
![](https://www.janapatra.com/wp-content/uploads/2021/10/Bhaktapur_Dhan7-e1635408903259.jpg)
भक्तपुर। विगतका वर्षमा धेरै फलेको भन्दै चाइनिज धान लगाउनेहरुको यो वर्ष भने उत्पादन शून्य भएको छ ।
एक रोपनी जग्गामा आठ दश मुरीसम्म चाइनिज हाइब्रिड धान उत्पादन भएकोमा यो वर्ष धानका बाला नै नलाग्दा किसान ठगिएका छन् ।
गतसाता देशभर बाढी-पहिरोले धान बाली नष्ट भएको समाचारले दुःखी बनाएको अवस्थामा भक्तपुरका किसानले लगाएको धानका बालामा दाना नलाग्दा खद्यान्नको अभाव हुने भएको हो ।
भक्तपुरका किसानले लगाएको धानमा भुस मात्र रहेपछि काठमाडौंको बजारमा धेरै रुचाइएको स्थानीय चामलको अभाव हुने भएको छ भने किसान जीविका नै अफ्ठ्यारोमा पर्ने देखिन्छ ।
भक्तपुरको चाँगुनारायण, सूर्यविनायक, नगरपालिकामा अधिकांस किसानले डीवाई २८ धान लगाएको पाइएको छ। चाइनिज धान डी वाई २८ अघिल्लो वर्ष राम्रो फलेको देखेर यो वर्ष पनि डी वाई २८ लगाएका किसान बढी मर्कामा परेका छन् ।
७ रोपनी खेत पूरै परालमात्र भएको सुनाउँदै चाँगुनारायण नगरपालिका वडा नम्बर ६ नगरकोटका किसान विजय लामा र सावित्री श्रेष्ठले बढी फल्ने धान लगाउन पाए हात मुख जोड्न सजिलो हुन्छ भनेर ७ रोपनीमा लगाएको डी वार्ई २८ गेडा नै नलाग्दा अब के खाने भन्ने अवस्थामा आफू पुगेको उनीहरुले सुनाइन् ।