मकवानपुरका गाउँ घरमा चहलपहल बढ्योः हेटौंडा बजार सुनसान बन्दै
हेटौंडा । दशैको महानवमीको दिनमा मकवानपुरका गाउँ गाउँमा निकै चहलपहल बढेको छ । हिजोको तुलनामा हेटौंडा बजार सुनसान जस्तै छ । गाडीको चाप कम छ । यात्रु र किनमेल गर्न आउनेहरु पनि धेरै कम भएको व्यावसायीहरु वताउनँछन् ।
काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु घर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छहो । फूलपातीको दिन सम्म हेटौंडा बजारमा भीड थियो । हिजो केही कम भएपनि आज भने अत्यावस्यक काम लिएर हेटौंडा बजार आउनेहरु मात्र भेटिएका छन् ।
विद्यार्थी, कर्मचारी, व्यापार व्यवसाय गरी बस्ने तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर गाउँघर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको हो । घटस्थापनादेखिनै हेटौंडामा बसेकाहरु गाउँ फर्कनेक्रम सुरु भएको थियो ।
गएको वर्षको तुलनामा सहर, बजार सुनसान बनेको छ । गएको वर्ष कोरोना महामारीका कारण धेरैले धुमधामसँग दशैँ मनाउन पाएका थिएनन् । कोरोनाको जोखिमै भए पनि पोहोरको तुलनामा यसपालि चहलपहल बढेको छ ।
दशैको टिकाको दिन भोली भएकाले पनि हेटौंडा सुनसान भएको हेटौंडा बजारमा कपडाको व्यापार गर्दै आउनु भएका व्यावसायी राम बहादुर सापकोटा वताउनुहुन्छ । मकवानपुरका गाउँमा सबै पिङमा झुम्मीन थालेका छन् । साथीभाइ भेटघाट पनि बाक्लीएको छ ।