पेट्रोलियम पदार्थको मूल्य : भारतमा अहिलेसम्मकै उच्च, नेपालमा असर देखिँदै

जनपत्र
१८ आश्विन २०७८, सोमबार ०५:५७

छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतवार मूल्य समायोजन गर्दै भारतले पेट्रोलमा २५ पैसा भारू र डिजेलमा ३० पैसा भारू वृद्धि गरेको छ । यससँगै दिल्लीमा पेट्रोल १ लिटरको मूल्य १०२।३९ भारू र मुम्बईमा १०८।४३ भारू पुगेको छ । डिजेल पनि आकाशिएको छ ।

दिल्लीमा डिजेलको मूल्य प्रतिलिटर ९०।७७ भारू र मुम्बईमा ९८।४८ भारू पुगेको टाइम्स अफ इन्डियाले जानकारी दिएको छ । भारतमा राज्यले लगाउने करलगायत कारण फरकफरक मूल्य पर्छ । भारतले क्रुड आयल खरीद गरी आपैm प्रशोधित गरी इन्धन विक्री गर्छ । भारतमा मूल्य बढ्दा नेपाल आयल निगमको नोक्सानीसमेत बढ्ने निगमको दाबी छ ।

इन्डियन आयल कर्पोरेशन ९आईओसी० बाट नयाँ मूल्यसूची नेपाल आयल निगमले पाइसकेको छ । निगमका अनुसार यो सूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने निश्चित छ । अक्टोबर १ मा आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन विक्रीबाट १ अर्ब ५० करोडभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ ।

आईओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९।१८ रुपैयाँ, डिजेलमा १२०।०१ रुपैयाँ, मट्टीतेलमा ९३।९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४।०७ रुपैयाँ, बा≈य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६।४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रू १ हजार ९६१।८८ लागत पर्ने देखिएको छ ।

निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । यसअनुसार प्रतिलिटर पेट्रोलको रू। १३०, डिजेल र मट्टीतेलको रू।११३, आन्तरिक हवाई इन्धनको रू।८६ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर रू। १ हजार ४५० तोकिएको छ । उल्लिखित मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९।१८, डिजेलमा ७।०१ घाटा छ भने मट्टीतेलमा १९।५९, आन्तरिक हवाई इन्धनमा १।९३, बाह्य हवाई इन्धनमा १५।१० रुपैयाँ नाफा छ । खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११।८८ रुपैयाँ नोक्सान भइरहेको निगमको भनाइ छ ।

निगमलाई नाफा भएका मट्टीतेल तथा हवाई इन्धनको माग तुलनात्मक रूपमा कम रहेको र नोक्सानी हुने पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्यधिक भएका कारण यही मूल्यमा विक्री गर्दा निगमलाई १५ दिनमा मात्रै १ अर्ब ५० करोड ७३ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

प्रवक्ता उपाध्यायका अनुसार अहिले अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८० डलर प्रतिब्यारेलको हाराहारीमा पुगेको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै निगमको घाटा वृद्धि हुने उनले बताए । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*