हेटौंडा अस्पतालमा क्यान्सर रोग पत्ता लगाउन परिक्षण सुरु
हेटौंडा । मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा क्यान्सर रोग पत्ता लगाउनका लागि परिक्षण सुरु गरिएको छ । शरिरका बिभीन्न भागमा क्यान्सर छ की छैन भनेर पत्ता लगाउनका लागि परिक्षण सुरु गरिएको अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले वताउनुभयो । अस्पतालमा ल्याबोएटोरी मेसिनका माध्यमले क्यान्सर पत्ता लगाउन सुरु गरिएको हो ।
रगतका माध्यमले गरिने यो परिक्षणबाट महिलाको पाठेघरमा, अण्डकोषमा र पुरुषको प्रोस्टेड परिक्षणका लागि काम सुरु गरिएको उहाँले वताउनुभयो । यसैगरी शरिरको हड्डी कमजोर भएकाहरुलाई भिटामिन डी र शरिरमा भिटामिनको मात्रा पुग्छकी पुग्दैन भनेर गरिने दी १२ कोे परिक्षण सुरु गरिएको हो ।
रगतका माध्यमले पत्ता लगाइने क्यान्सर जचाउन आउने सेवाग्राहीलाई अस्पतालले सस्तोदरमा सेवा दिएको उहाँले वताउनुभयो । सरकारी अस्पताल बाहिर परिक्षण गर्दा तेब्बर मुल्य तिर्नुपर्ने बाध्यता भोग्दै आएका सेवाग्राहीका लागि यो सेवा प्रभाबकारी हुने डाक्टर श्रेष्ठले वताउनुभयो । हेटौंडा अस्पतालमा एकपछ िअर्को सेवा थपीदै जानाले मकवानपुरवासीका लागि सामान्य बिरामी हुँदा पनि भरतपुर, काठमाण्डौं जानुपर्ने बाध्यता हटेको छ ।