फिल्म ‘भाँडाकुटी’मा बेनिशा हमाल र मुकुन भुसाल

जनपत्र
५ कार्तिक २०७७, बुधबार ०६:०९

फिल्म ुबुलबुलु बाट एकाएक दर्शको मन जितेका अभिनेता मुकुन भुसाल अब नयाँ फिल्म ‘भाँडाकुटी’मा देखिँदैछन् । फिल्ममा उनीसँगै मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमाल छिन् । काठमाडौँमा शनिबार फिल्म घोषणाको औपचारिक घोषणा गरिएको हो । दृश्यालय सिनेमा प्रालिले फिल्मको घोषणा गरेको हो। फिल्म कमेडी र सामाजिक यथार्थमा केन्द्रित रहने एसोसियट डिरेक्टर आचार्य गोपालले बताए। बेनिशा र मुकुन दुवैले एक वर्ष भन्दा लामो समयको ग्यापमा फिल्म खेल्दै छन् ।

फिल्म निर्माण टोलीका अनुसार बेनिशा हमालले फिल्मको आइडिया सुन्दैमा प्रभावित भएको र फर्स्ट ड्राफ्ट पढेपछि झन् उत्साही भएको प्रतिक्रिया दिएकी थिइन् । फिल्मलाई किरण बिकले निर्देशन गर्दैछन् भने लेखनमा आचार्य गोपालको पनि सहकार्य रहनेछ। अभिनेता मुकुन भुसालले भने डिरेक्टरको सिर्जनशील काम गर्ने तरिका भएकाले फिल्मको काम राम्रो हुनेमा विश्वस्त रेको प्रतिक्रिया दिए । फिल्म भाँडाकुटीको मुख्य विषय दलित प्रेमकथा भए पनि अरु सहायक कथा पनि जोडिएको निर्देशक बिकले बताए। यस्तै फिल्मको निर्माण अस्ट्रेलिया बसोबास गर्ने कलम खड्काले गर्ने भएका हुन् ।

फिल्ममा महावीर बिश्वकर्मा, रिजेन थापा, राजकुमार दर्जी, शेखर सुबेदी लगायतको अभिनय रहेको छ भने थप दुई मुख्य महिला कलाकारबारे फाइनल छनोट हुन बाँकी रहेको बताइएको छ। प्रोडक्सन म्यानेजर मनहरी पौडेलका अनुसार निर्देशक किरण बिकले बाँकी दुई मुख्य महिला कलाकार बुटवलबाटै लिने तयारीमा रहेको बताए ।

फिल्मको मेकिङ्ग टिममा निसल पौडेल सिनेम्याटोग्राफर, भिम बिक एडिटर, राजकुमार दर्जी कोरियोग्रफार आदि रहेका छन् । ओस्कार फिल्म कलेज पास आउट भइसकेका किरण बिकको यो पहिलो फिल्म हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*