बकैयामा एक घरमा आगोलागी

जनपत्र
३० माघ २०८१, बुधबार ०८:०९

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नबर–१० रुक्सीरुईमा आगोलागीबाट एक घर पूर्ण रुपमा जेलेको छ । स्थानीय अजय मोक्तानको जस्ताले छाएको भुईतले काठ र माटोले बनेको कच्चि घरमा चुलोबाट अचानक कपडामा आगो सल्की आगलागी हुँदा घर जलेको हो ।

आगलागीबाट मानबिय तथा चौपाया क्षति नभएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । अआगोलागीबाट अन्नपात कोदो, पिठो लगायतका अन्न र भाडाकुँडा जलेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*