हेटौँडामा सम्पन्न दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी शोणितपुरलाई
![](https://www.janapatra.com/wp-content/uploads/2025/02/476153785_1021814803112105_3736474837950989725_n.jpg)
हेटौंडा । हेटौँडामा सम्पन्न दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी शोणितपुर डोजाङ काठमाडौंले जितेको छ । प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित शोणितपुर तेक्वान्दो डोजाङ प्रथम भएको हो ।
प्रतियोगितामा आयोजक क्रियटिभ तेक्वान्दो एकेडेमी मकवानपुर ७ स्वर्ण, ३ रजत र ८ कास्यसहित दोस्रो भएको छ । यस्तै तेस्रो स्थानमा रहेको चितवनले ५ स्वर्ण, ५ रजत र ८ कास्य पदक हात पारेको छ ।
प्रतियोगिताका विजेता टोलीले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् । विजेताहरूलाई हेटौँडा उपमहानगरपालिका १७ का अध्यक्ष उद्धव सत्यालले पदक तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
शुक्रबारदेखि हेटौँडा १७, हटियामा सुरु भएको दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा कूल ४० विधामा १८ टोलीका ३४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च भएको प्रतियोगिता संयोजक भोजराज पराजुलीले जानकारी दिए । कार्यक्रमका लागि हेटौँडा उपमहानगरपालिका, भीमफेदी गाउँपालिका, हेटौँडाका विभिन्न वडाहरूसहित संघसंस्था तथा खेलप्रेमीहरूको सहयोग रहेको थियो ।