मकवानपुर क्षेत्र नंबर १ ‘क’ का उम्मेद्वार कमल बिष्टका के–के छन् प्रतिवद्धता ?

जनपत्र
३१ आश्विन २०७९, सोमबार १८:५४

हेटौँडा । नेकपा एमालेको तर्फबाट मकवानपुरको क्षेत्र नंबर १ प्रदेशसभा ‘क’ का उम्मेद्वार कमल विष्टले आफु निर्वाचित भएको अवस्थामा पूर्वि मकवानपुरको प्रदेशसभा ‘क’ लाई देशको नुमना प्रदेशसभा क्षेत्र बनाउने बताएका छन् ।

विष्टले आफुले यस अघि तत्कालिन हटिया गाविस हुँदा गरेको विकासको कार्यक्रमलाई अहिलेसम्म यस क्षेत्रमा मानिसहरुले स्मरण गर्ने गरेको भन्दै आफु निर्वाचित भएको अवस्थामा आफ्नो प्रदेश क्षेत्र अन्र्तगत पर्ने सबै वडाहरुमा विकासको मुल फुटाउने दाबी गरे । उनले आफु अध्यक्ष हुँदाको तत्कालिन समय र अहिलेको समयमा प्राथमिकताहरु फेरिएको बताउँदै आफुले शिक्षा, स्वास्थ्य, सामजिक सुरक्षा तथा रोजगारको विषयलाई प्राथमिकतामा राखेको बताए ।

प्रदेश ‘क’मा विकटदेखि सुगम क्षेत्रहरु रहेको बताउँदै उनले यस क्षेत्रमा प्रदेश तहको सुविधासम्पन्न अस्पताल निर्माणमा आफु लाग्ने बताए । यस क्षेत्रका अधिकांश जनता कृषि तथा पशुपालनमा निर्भर रहेको बताउँदै उनले कृषि तथा पशुपालनलाई आधुनिकिकरण गर्दै किसानहरुलाई ब्यवसायीक बनाईने बताए ।
प्रदेश तहमा स्नाकोत्तरसम्म अध्ययन हुने बहुमुखि क्याम्पसको स्थापनामा आफ्नो जोड रहने भन्दै उनले कम्तिमा स्नातक सम्म अध्ययन हुने प्राविधिक विद्यालय खोल्न पहल गरिने बताए । यहाँको विकट क्षेत्रमा अझैपनि स्वस्थ खानेपानीको पहुँच नरहेको बताउँदै उनले हरेक घरमा स्वस्थ खानेपानी, प्रत्येक वडामा ब्यवस्थित सडक निर्माणमा आफ्नो ध्यान रहने उल्लेख गरे ।
आफु उम्मेद्वार बनेको क्षेत्र कला र साहित्यको उर्भर भूमि रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा रहेको कला, साहित्यसँग ससम्वन्धित संघसस्थाहरुको सहकार्यमा प्रतिष्ठानको स्थापना गरि कला साहित्यको जगेर्ना गरिने बताए ।

क्षेत्र नंबर १ को ‘क’ मा पर्यटनको पनि प्रचुर संभावना रहेको भन्दै विष्टले आफु विजयी भएको अवस्थामा यहाँको पर्यटकीय गन्तब्यलाई थप ब्यवस्थित बनाउनुको साथै यहाँका ऐतिहाँसिक सम्पदानको प्रचारप्रसारमा ध्यान दिने बताए । प्रदेश तहमा कम्तिमा एउटा सुविधासम्पन्न रंगशाला निर्माण गर्ने तथा प्रत्येक वडामा ब्यवस्थित कवर्डहल निर्माण गरि खेल क्षेत्रलाई थप ब्यवस्थित बनाउने योजना आफुसँग रहेको उनको भनाई छ ।

देशको लागि आवश्यक युवाशक्तिलाई विदशे पलायन हुनबाट रोक्नको लागि केन्द्र तथा प्रदेश सरकारसँगको सहकार्यमा आफ्नो क्षेत्रमा केहि उद्योग, कलकारखाना स्थापना गर्दै युवाहरुलाई रोजगारको सृजना गर्ने, ब्यवसायीक तथा सिममुलक तालिमको ब्यवस्थापन गरेर उनिहरुलाई स्वोरोजगार बनाउने काममा आफु लाग्ने विष्टले बताए ।
यहाँ रहेका लोपन्मुख जातजाती तथा तामाङ सहितका बहुसंख्यक जनजाती, दलित समुदायको सामजिक सुरक्षाको विषयमा आफु चनाखो रहेको भन्दै उनिहरुलाई हरेक क्षेत्रमा प्राथमिकतामा राखिने उनले बताए ।

विष्टले यस बाहेकका अन्य विषयमा जनताको सुझाव सल्लाहा अनुसार सचिवाल स्थापना गर्दै प्रत्येक दिन जनताको दुःख सुखमा साथ रहँदै काम गर्ने बताए । आफु काम गर्न रुचाउने ब्यक्ति भएको भन्दै उनले जनताको माझमा रहेर काम गर्नको लागि मत प्रदान गर्दै विजयी गराईदिनको लागि अनुरोध समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*