काठमाण्डौ उपत्यका सुनसान
काठमाण्डौ – दशैँका लागि गाउँ घर जानेको संख्या बढे पछि काठमाण्डौ उपत्यका सुनसान भएको छ ।
कोरोना भाइरसको महामारीका कारण दुई वर्षसम्म राम्ररी दशैँ मान्न नपाएका कारण पनि यसपालि दशैँ मनाउने उत्साह धेरै छ ।
यसपालि झण्डै २० लाख मानिसले काठमाण्डौ उपत्यका छोडेका अनुमान छ । उपत्यकाका सडकमा गाडीको संख्या पनि घटेको छ ।
सार्वजनिक गाडी फाट्टफुट्ट मात्रै चलेका छन् । धेरैजसो पसल बन्द भएका छन् । गाडीको चाप घटे पछि काठमाण्डौसँग जोडिएका नाका पनि सामान्य छन् ।